विपक्षीहरु कराउँछन् होला, संसद अगाडि बढाउनुपर्छ: प्रधानमन्त्री ओली


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार संसद अवरुद्ध नहुने दाबी गरेका छन् । उनले विपक्षीहरुले अवरोध गर्न खोजेपनि संसद अगाडि बढ्ने दाबी गरेका हुन् ।
उनले नचाहिने कुरामा संसद अवरोध गरेर देशलाई बर्बाद बनाउने काम गर्न नहुने समेत बताए । ‘यसरी चल्दैन । तपाईँहरू तयारी भएर बस्नुहोस् । उहाँहरू कराउनु होला, संसद् अगाडि बढाउनुपर्छ,’ उनले भने ।
प्रधानमन्त्री ओलीले संसद् चलाउन प्रमुख विपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डसँग कुरा गर्न खोजेपनि सम्भव नभएको बताए । उनले भने, ‘धेरैतिरबाट खोजी गर्दा पनि उहाँ फेला पर्नुभएको छैन । उहाँहरू कुरा नगर्ने, बन्द गर्ने मुडमा हुनुहुन्छ होला’, ओलीले भने, ‘म भन्न चाहन्छु, यस्तो नचाहिदा कुरामा संसद रोकेर देशलाई बर्वाद पार्ने काम गर्न हुँदैन ।’
प्रधानमन्त्री ओलीले गृहमन्त्रीको राजीनामा नआउने पनि बताए ।