नेकपा एसले भन्यो– हामीमाथि षड्यन्त्र भयो, राजनीतिक र कानुनी प्रतिवाद गर्छाैं

काठमाडौं । नेकपा एकीकृत समाजवादीले पतन्जली जग्गा प्रकरणमा अध्यक्ष माधव नेपालमाथि राजनीतिक प्रतिशोधका आधारमा मुद्दा चलाएको ठहर गरेको छ । अध्यक्ष नेपालमाथि पतञ्जली योगपीठ तथा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गराएपछि पार्टी कार्यालय आलोकनगरमा बसेको आकस्मिक बैठकले यसको राजनीतिक र कानुनी प्रतिवाद गर्ने निर्णय गरेको छ।
विगतदेखि नै पार्टी र नेताहरुकाविरुद्ध चलेको षड्यन्त्रको सिलसिला अनुसार अध्यक्ष नेपालमाथि पूर्वाग्रही ढंगले प्रतिशोध साँधिएको पार्टीको ठहर छ । बैठकपछि पत्रकारसँग कुरा गर्दै प्रवक्ता प्रकाश ज्वालाले अदालतबाट क्लिचिट लिएर यो पुर्वाग्रही कदम हो भन्ने सन्देश दिइने बताए ।