तोलामा ७५ रुपैयाँले बढ्यो चाँदीकाे मूल्य, सुनको स्थिर


काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य स्थिर छभने चाँदीको मूल्य बढेको छ । बिहीबारको तुलनामा आज चाँदी तोलामा ७५ रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल १ लाख ९३ हजार ७०० कायम भएको छभने सोही परिमाणको चाँदीको मूल्य २ हजार १५० निर्धारण भएको छ ।
अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुनको मूल्य तीन हजार ३८९ डलर कायम भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमरूले जनाएका छन् ।