नवलपरासीमा छारोले गरे बाबु र छिमेकीको ह*त्या


नवलपरासी । पश्चिम नवलपरासीको सुनवल नगरपालिका–२ औरहियामा आज बिहान भएको दोहोरो हत्या घटनाले गाउँलाई स्तब्ध बनाएको छ ।
३५ वर्षीय हेमराज थारूले आफ्ना ५० वर्षीय बाबु जयराम थारू र छिमेकी ७० वर्षीय नाथु धरिकारको कोदालो प्रहार गरी हत्या गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक वीरदत्त पन्तका अनुसार, हेमराजले दुबैजनाको टाउको र घाँटीमा प्रहार गरी हत्या गरेका थिए ।
घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय सुनवल र जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थल पुगेको थियो । प्रहरीले आरोपित हेमराजलाई पक्राउ गरिसकेको छ ।
हत्या किन गरियो भन्ने विषयमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । घटना सम्बन्धी विस्तृत विवरण भने आउन बाँकी छ ।