मलाई विश्वास छ, न्यायपालिकाले न्याय दिनेछ: माधव कुमार नेपाल


काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूले कुनै गल्ती नगरेकाले आफूलाई अदालतले न्याय दिने बताएका छन् ।
आज मधेश प्रदेश सम्पर्क कमिटीको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफूमाथि गतल आरोप लागेको दाबी गरेका हुन् । उनले आफूमाथि लगाइएको भ्रष्टाचार मुद्दाको आधार नभएको बताउँदै त्यस्तो गलत आरोपको डटेर सामना गर्ने बताए ।
उनले भने, ‘सबै गलत आरोपहरुका विरुद्धमा दृढका साथ उभिने छ । मलाई विश्वास छ, न्यायपालिकाले न्याय दिनेछ । न्यायको जित हुनेछ । अन्यायको हार हुनेछ । ‘
अध्यक्ष नेपालले अहिलेसम्म एक पैसा र एक दाम जग्गा घुस नखाएको बताउँदै डराउनु पर्ने आवश्यक नभएको समेत बताए । उनले भने, ‘हामी आत्तिनु पर्ने आवश्यकता छैन । चुनौती आइलागेको छ । यसको सामना गर्ने हो । हामी भाग्ने होइन । असल मनसायका साथ कुनै काम गरिएको छ भने आत्तिनु पर्ने केही आवश्यक हुँदैन ।’