प्रधानमन्त्रीद्वारा जीवन विकास सामुदायिक अस्पतालको उद्घाटन

काठमाडौं। २०० बेड क्षमताको जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेशन फाउन्डेशनको उद्घाटन भएको छ । शनिवार प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त अस्पतालको उद्घाटन गरेका हुन् ।
जीवन विकास समाजको अगुवाइमा मोरङको कटहरी गाउँपालिका–२ हल्दीबारीमा २ अर्ब लागतमाजीवन विकास सामुदायिक अस्पताल निर्माण भएको छ ।
सामाजिक व्यवसायको अवधारणामा मुनाफा वितरण नगर्ने नीतिअन्तर्गत अस्पताल सञ्चालनमा ल्याएको अस्पतालका अध्यक्ष तथा मोरङ क्षेत्र नम्बर ५ का सांसद योगेन्द्र मण्डलले जानकारी दिए ।