हिमानी ट्रष्टले जुम्लामा सुत्केरी सेवा केन्द्र बनाउँदै, पूर्वयुवराज्ञी हिमानी शाहद्वारा शिलान्यास

काठमाडौं । जुम्लाको गुठिचौर गाउँपालिकाअन्तर्गत मनिसाङ्घमा निर्माण गर्न लागिएको सुत्केरी सेवा केन्द्रको शिलान्यास गरिएको छ । हिमानी ट्रष्टले निर्माण गर्न लागेको केन्द्रको आज पूर्वयुवराज्ञी हिमानी शाहले शिलान्यास गरेकी हुन् ।
शिलान्यास कार्यक्रमका लागि पूर्वयुवराज्ञी हिमानी शाह छोरा हृदयेन्द्र शाहसहित जुम्ला पुगेकी छन् । जुम्ला विमानस्थलमा उनलाई स्थानीयबासीले स्वागत गरेका थिए ।
हिमानी ट्रष्टले सामाजिक सेवाअन्तर्गत सुत्केरी सेवा केन्द्र बनाउन लागेको बताएको छ ।