Ad Image

पोखरा महानगरसँगको समन्वयमा सशस्त्र प्रहरीको विपद् स्वयंसेवक तालिम सञ्चालन

User Image मेयरसाप डेस्क | ९ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/apf-police.jpg

गण्डकी । कास्कीस्थित सशस्त्र प्रहरी बल, नेपालको नं २४ गणले ‘समुदाय विपद् स्वयंसेवक तालिम’ सञ्चालन गरेको छ । पोखरा महानगरपालिकासँगको समन्वयमा भइरहेको तालिम आगामी असार १० गतेसम्म सञ्चालन हुनेछ ।

गणका गणपति एवं सशस्त्र प्रहरी उपरीक्षक सूर्यप्रसाद तिमिल्सेनाले महानगरभित्रका सबै वडाको प्रतिनिधित्व हुने गरी ५० जना प्रशिक्षार्थीलाई विपद् व्यवस्थापन तथा पूर्वतयारीसम्बन्धी तालिम प्रदान गरिने जानकारी दिए । 

उनका अनुसार यही जेठ २१ गतेदेखि सुरू भएको तालिममा प्रशिक्षार्थीलाई नेपालमा विपद् व्यवस्थापन प्रणाली, बाढीपहिरो तथा डुवान, अग्नी नियन्त्रण, वन डढेलोलगायत विपद्मा डोरीद्वारा गरिने उद्धार, भुकम्पीय जोखिम न्यूनीकरण, सडक दुर्घटना र जोखिम न्यूनीकरण, उद्धार सामग्रीको प्रयोगलगायत विषयमा तालिम दिइने छ । पानीमा हुने उद्धार अभ्यास पनि सञ्चालन गरिने गणपति तिमिल्सेनाले बताए । 

“विपद्को समयमा स्थानीयस्तरमा उपलब्ध सामग्रीको तत्कालै अधिकतम प्रयोग गरी विपद् प्रतिकार्यमा जुट्न सैद्धान्तिक र प्रयोगात्मक सीप सिकाउने उद्देश्यले यो तालिम सञ्चालन गरिएको हो”, उनले भने ।