Ad Image

मस्कसँगको सम्बन्ध समाप्त भएको ट्रम्पको घोषणा

User Image मेयरसाप डेस्क | ३ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/elan trump.PNG

काठमाडौं । अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्प र टेस्लाका प्रमुख एलोन मस्कबीचको विवाद चर्किएको छ । शनिबार मस्कले नरम व्यावहार देखाए पनि ट्रम्पले मस्कलाई गम्भीर परिणाम भोग्ने चेतावनी दिएका छन् ।

वास्तवमा, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मस्कसँगको टकरावमा पछि हटेको देखिँदैन । उनले शनिबार मस्कसँगको सम्बन्ध सुधार्ने इच्छा नरहेको स्पष्ट पारेका छन् । यति मात्र होइन, ट्रम्पले मस्कले आगामी चुनावमा डेमोक्र्याटलाई सहयोग गर्ने प्रयास गरेमा गम्भीर परिणाम भोग्नुपर्ने चेतावनीसमेत दिइरहेका छन् ।

ट्रम्पले मस्कसँगको सम्बन्ध सुधार्ने आफ्नो कुनै मनसाय नभएको बताएका छन् । शनिबार एनबीसीसँगको अन्तर्वार्तामा ट्रम्पलाई मस्कसँगको घनिष्ठ सम्बन्ध समाप्त भएको छ कि छैन भनेर सोध्दा उनले भने, ‘हो, मलाई त्यस्तै लाग्छ।’  

ट्रम्पले भने, ‘म अन्य काममा निकै व्यस्त छु । तपाइलाई थाहा छ, मैले ठूलो बहुमतले चुनाव जितेको छु। मैले उनीहरूलाई धेरै मौका दिएँ, यो हुनुभन्दा धेरै अघि मैले मेरो पहिलो प्रशासनमा उनीहरूलाई मौका दिएँ। मेरो पहिलो प्रशासनमा उनको जीवनमा धेरै उपलब्धी भयो तर मेरो उनीसँग कुरा गर्ने अब कुनै मनसाय छैन।’

मस्कले सन् २०२६ को मध्यावधि चुनावमा डेमोक्र्याट सांसद र उम्मेदवारहरूलाई समर्थन गर्न सक्ने छलफलको बीचमा ट्रम्पले चेतावनी पनि दिएका छन्। ट्रम्पले एनबीसीलाई भने, ‘यदि उनले यस्तो गरे भने उनले गम्भीर परिणाम भोग्नुपर्नेछ।’

ट्रम्पको यो भनाइ सामाजिक सञ्जालमा मस्कसँग भनाभनपछि आएको हो।  ​​​​​मस्कले ट्रम्पको कर र खर्च नीतिको खुलेआम आलोचना गरेपछि दुई जनाबीच वैमनस्य बढेको हो । केही दिनयता मस्कले ट्रम्पको ‘बिग ब्युटिफुल बिल’को आलोचना गरिरहेका छन् ।  यो कंग्रेसबाट पारित हुने प्रक्रियामा छ।

मस्कले यो विधेयक पारित भएमा यसले राष्ट्रिय घाटामा ट्रिलियन डलर थप्नेछ र डजको प्रमुखका रूपमा आफूले गरेको कामलाई कमजोर बनाउने दाबी गरेका छन्। मस्कले हालै डज छाडिसकेका छन् ।