हुम्लाको खार्पुनाथ पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा

User Image मेयरसाप डेस्क | २०८२ जेठ २६ गते ०१:४१
Image of https://mayorsap.com/storage/photos/10/Kharpunath_gaupalika.jpg

सिमकोट । हुम्लाको खार्पुनाथ गाउँपालिका पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा गरिएको छ । ‘स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता पूर्ण खोप सुरक्षित भविष्य’ भन्ने मूल नाराका साथ खार्पुनाथ गाउँपालिका आइतबार पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो । 

खार्पुनाथका पाँचवटै वडाहरु पूर्ण खोप सुनिश्चित भई सकेको र त्यसको गाउँपालिका स्तरबाट अनुगमनका क्रममा समेत निर्धारित उमेर समूहका बालबालिकाहरु सबैले खोप लगाउनुका साथै कोही पनि खोप लगाउनबाट नछुटेकाले एक औपचारिक कार्यक्रमको आयोजना गरी पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख हरिभक्त शाहीले बताए । स्वास्थ्य शाखाका अनुसार १५ देखि ५९ महिनाका पाँच वटै वडाका बालबालिकाहरुले खोप प्राप्त गरेका छन् ।  


Facebook Comments