Ad Image

विश्वकप लिग–२: आज नेदरल्यान्ड्ससँग खेल्दै नेपाल

User Image मेयरसाप डेस्क | ३ हप्ता अगाडि
Image of https://mayorsap.com/storage/photos/10/cricket_nepal_scot_league2.jpg

काठमाडौं । आइसीसी क्रिकेट विश्वकप लिग–२ को त्रिदेशीय एक दिवसीय श्रृङ्खलामा आज नेपालले नेदरल्यान्ड्ससँग खेल्दैछ । खेल स्कटल्यान्डको डन्डीस्थित फोर्थहिल मैदानमा दिउँसो पौने ४ बजे शुरु हुनेछ ।

चौथो चरणको शृङ्खलामा नेपालले आज अन्तिम खेल खेल्न लागेको हो । नेपालले पहिलो खेलमा स्कटल्यान्डलाई १ विकेटले हराएको थियो। दोस्रो खेलमा नेदरल्यान्डमाथि ५ विकेटको जित निकालेको थियो। तेस्रो खेलमा स्कटल्यान्डसँग २ रनले पराजित भएको नेपाल सिरिजमा तेस्रो जितको खोजीमा छ।

सिरिजमा खेलेको दुई खेलमा लगातार हार भोगेको नेदरल्यान्डस पहिलो जितको खोजीमा हुनेछ।  लिगको १५ खेलमध्ये चार खेलमा जित, ९ खेलमा हार र २ खेलमा अंक बाँडेको नेपाल १० अंकका साथ तालिकाको सातौँ स्थानमा छ। लिग–२ मा अहिले आठ टोलीबिच प्रतिस्पर्धा भइरहेको छ । यो सन् २०२७ मा आयोजना हुने आइसीसी एकदिवसीय विश्वकप छनोटको सिरिज हो ।