शैक्षिकस्तर सुधार्न तीनै तहका सरकारको समन्वय हुनुपर्छ : मुख्यमन्त्री सिंह


जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशको शैक्षिक अवस्था कमजोर एवं खस्किँदै गएकाले तीनै तहको सरकारको सहयोग र समन्वयबाट यस क्षेत्रको गुणस्तर सुधार्नुपर्ने बताएका छन् ।
राजर्षिजनक विश्वविद्यालयको सहकुलपति समेत रहनुभएका मुख्यमन्त्री सिंहले विभिन्न तथ्यांकले मधेसको शैक्षिकस्तर कमजोर देखिएकाले संघ, प्रदेश तथा स्थानीय तह गरी मधेस प्रदेश सरकारले स्थापना गरेको विश्वविद्यालयमा विश्वविद्यालय आयोगले अन्य विश्वविद्यालयजस्तै आर्थिक सहयोग गर्नुपर्ने बताए । सो विश्वविद्यालयको आज जनकपुरधाममा आयोजित प्रथम दीक्षान्त समारोहमा उनले दिक्षित विद्यार्थीहरूलाई आगामी दिनको शुभकामना समेत दिए ।