Ad Image

अहमदाबादको विमान दुर्घटनाले स्तब्ध पार्‍यो : प्रधानमन्त्री मोदी

User Image मेयरसाप डेस्क | ३ हप्ता अगाडि
Image of https://mayorsap.com/storage/photos/10/narendra modi.jpeg

काठमाडौं । अहमदाबादमा भएको भयावह विमान दुर्घटनापछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनाले सबैलाई स्तब्ध र दुःखी बनाएको बताउँदै गहिरो समवेदना व्यक्त गरेका छन् ।

मोदीले सामाजिक सञ्जालमार्फत भनेका छन्, “अहमदाबादमा भएको यो दुर्घटनाले हामी सबैलाई स्तब्ध र दुःखी बनाएको छ । यो हृदयविदारक घटना शब्दमा व्यक्त गर्न सकिँदैन। यो दुःखद घडीमा मेरो समवेदना पीडितहरूप्रति छ । प्रभावितहरूलाई सहयोग गर्न लागि परेका मन्त्रीहरू र सम्बन्धित निकायहरूसँग म सम्पर्कमा छु।”

एयर इन्डियाको लन्डन उडानका क्रममा भएको दुर्घटनामा बोइङ ७८७ ड्रीमलाइनर विमानमा २४२ यात्रु सवार थिए । विमान उडेको केहीबेरमै अहमदाबादको मेघानी क्षेत्रमा खस्दै ठूलो आगलागी भएको थियो । अहिले घटनास्थलमा उद्धार र राहत कार्य जारी रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।