Ad Image

वडा कार्यालय भवन निर्माणका लागि निःशुल्क जग्गा प्रदान

User Image मेयरसाप डेस्क | ३ हप्ता अगाडि
Image of https://mayorsap.com/storage/photos/10/wada-karyalaya-e.jpg

भोजपुर । भोजपुर नगरपालिका–१ हेलौछाको वडा कार्यालय भवन निर्माणका लागि स्थानीयले तीन रोपनी जग्गा प्रदान गरेका छन् । बाबुआमाको नाममा स्थानीय वीरबहादुर तामाङले वडा कार्यालयका लागि जग्गा प्रदान गरेका हुन् । 

वडा कार्यालयको काम अहिले भाडाको घरबाट सञ्चालनमा रहँदै आएको छ । वडा कार्यालयको काममा सहजता होस् भन्ने उद्देश्यका साथ तामाङले जग्गा उपलब्ध गराउनुभएको पूर्ववडाध्यक्ष विष्णुकुमार भुजेलले बताए ।

भुजेलका अनुसार वीरबहादुरले बाबु धनमान तामाङ र आमा राममाया तामाङको नाममा करिब रु १५ लाख बराबरको जग्गा वडा कार्यालयलाई प्रदान गरेका हुन् । जग्गा प्राप्तिसँगै भवन निर्माणको काम अघि बढाइने वडा कार्यालयले जनाएको छ । 

आफ्नै भवन नहुँदा वडा कार्यालय हाल भाडाको कोठाबाट सञ्चालित छ । जग्गा दाताले दिएको जग्गामा बजेटको व्यवस्थापन गरी भवन बनाउने तयारी वडाले गरेको छ ।