उजुरी नै नभएको विषयमा पद त्याग गर्ने परिपाटी लोकतन्त्रको मान्यता होइन: गृहमन्त्री लेखक
मेयरसाप डेस्क
|
२०८२ जेठ ३० गते ०७:४७
काठमाडौं । गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो कुनै संलग्नता नभएको भन्दै राजीनामा नदिने बताएका छन् । प्रतिनिधि सभाको शुक्रवारको बैठकमा बोल्दै मन्त्री लेखकले उजुरी नै नभएको विषयमा पद त्याग गर्ने परिपाटी लोकतन्त्रको मान्यता नभएको भन्दै आफूले राजीनामा नदिने बताएका हुन् ।
उनले भने, ‘ममाथि कुनै तथ्य र प्रमाणसहित दोष देखिन्छ भने म कुर्सीमा बस्न अयोग्य ठहर्छु, त्यो मलाई थाहा छ । तर, अड्कल र आशङ्का गरेर कुनै प्रमाण वा जाहेरी नै नभएको, उजुरी नै नभएको विषयमा पद त्याग गर्नुपर्ने परिपाटी लोकतन्त्रको मान्यता होइन ।’
उनले आफ्ना विरुद्धमा नियोजित ढंगले, षड्यन्त्रमूलक ढंगले, राजनीतिक रूपमा आक्रमण गर्ने प्रयत्न भएको पनि दाबी गरेका छन्। उनले पार्टी कार्यालयमा बोलाएर कीर्ते काम गरेर आफ्नो राजनीतिक अभिष्ठ पूरा गर्ने काम भएको भन्दै कीर्ते उजुरी तयार गर्नेलाई कारबाही गर्ने चेतावनी समेत दिए ।
Facebook Comments