Ad Image

प्रधानमन्त्री हाम्रा कुरा नसुनी बैठकबाट निस्किनुभयो, त्यसपछि हामी पनि निस्कियौं: रास्वपा

User Image मेयरसाप डेस्क | २ हप्ता अगाडि
Image of https://mayorsap.com/storage/photos/10/samsad6.PNG

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरुले आफ्नो पार्टीले उठाउँदै आएका विषयवस्तु प्रधानमन्त्रीलाई सुनाउन नपाएको भन्दै बैठक बहिष्कार गर्नु परेको जनाएका छन् ।

‘भिजिट भिसा’ प्रकरणको विषयमा संसद्मा विरोध जनाउँदै आएको रास्वपाले आजको बैठकमा आफ्नो कुरा राख्न नपाउने र प्रधानमन्त्रीलाई सुनाउन नपाएको भन्दै बैठक बहिष्कार गर्नु परेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए।

उनले भने, “हामी प्रधानमन्त्रीज्यूलाई हाम्रा कुरा सुनाउन चाहन्थ्यौँ, उहाँ हाम्रा कुरा नसुनी बैठकबाट निस्किनुभयो । त्यसपछि हामी पनि निस्कियौं ।” प्रतिनिधिसभाको आजको बैठकमा रास्वपाका सबै सांसदहरूले विरोधस्वरूप कालोवस्त्र र नीलो ‘रिबन’ लगाएर उपस्थित भएका थिए । नीलो रिबन विश्वव्यापी रुपमा मानव तस्करीको विरोधकाे सङ्केत मानिन्छ ।