रास्वपाद्वारा पत्रकार सुरेश रजकको परिवारलाई तीन लाख सहयोग
मेयरसाप डेस्क
|
२०८२ असार ७ गते ०३:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पत्रकार सुरेश रजकको परिवारलाई तीन लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ। पार्टी स्थापना दिवसका अवसरमा रास्वपाले रजकको घरमै पुगेर तीन लाख रुपैयाँ आर्थिक सहयोग गरेको हो।
रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटी, कोषाध्यक्ष लिमा अधिकारी र कोष व्यवस्थापन विभागका सदस्य जगदीश खरेल शनिवार स्वर्गीय पत्रकार रजकको घर पुगेका थिए । उनीहरुले पार्टीको तर्फबाट रजकको परिवारलाई तीन लाख हस्तान्तरण गरेका हुन् ।
गत चैत १५ गते तीनकुनेमा भएको राजावादी आन्दोलनका क्रममा आगलागीमा परेर रजगको मृत्यु भएको थियो।
Facebook Comments