बालुवाटारमा सत्तारूढ दलको बैठक जारी


काठमाडौं । सत्तारूढ दलहरूको संयुक्त बैठक बसिरहेको छ । प्रधानमन्त्री निवास वालुवाटारमा सत्तारूढ दलको संयुक्त बैठक बसेको हो । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जनमत पार्टीका अध्यक्ष डा।सिके राउत, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर, जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राई, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठलगायत उपस्थित रहेका छन् ।
विनियोजन विधेयक पारित गर्नु अघि प्रधानमन्त्री निवासमा सो बैठक बसिरहेको हो । बजेटमा राखिएका केही प्रावधानमा सत्तारुढ दलबीच एकमत हुन सकेको छैन । सोमबार मात्र कांग्रेसका सभापति शेरबहादुर देउवाले अर्थमन्त्री विष्णु पौडेललाई फोन गरी बजेटका केही प्रावधान तत्काल हटाउन भनेका छन्। अन्यथा बजेट पास नहुने चेतावनी देउवाले दिएका छन्।
Facebook Comments