मन्त्री पाण्डे भन्छन्– देशभरका विद्यालयमा योग शिक्षा विस्तार गर्नुपर्छ

User Image मेयरसाप डेस्क | २०८२ असार १२ गते ०२:२२
Image of https://mayorsap.com/storage/photos/10/0000000.jpg

भक्तपुर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले विद्यालय तहमै योग शिक्षा अनिवार्य रूपमा पुर्‍याउनुपर्ने धारणा व्यक्त गरेका छन् ।

भक्तपुरको सानोठिमीस्थित आदर्श माध्यमिक विद्यालयमा आयोजित ‘विद्यालय योग शिक्षा’ तथा ‘विद्यालय शिक्षक केन्द्रीय योग उत्प्रेरक’ तालिमको उद्घाटन गर्दै मन्त्री पाण्डेले योग स्वास्थ्यका दृष्टिकोणले अत्यन्त प्रभावकारी विधि भएकाले ७७ वटै जिल्लाका विद्यालयहरूमा योग कार्यक्रम विस्तार गर्नुपर्ने बताए ।

“नेपालको युवा शक्तिलाई योगतर्फ ल्याउनु आवश्यक छ,” उनले भने, “अबको १५ वर्षमा देशभरका युवा योग साधनामा लाग्नेछन्। योगको ज्ञान र अभ्यासबाट परिवार, समाज र देशमा शान्ति स्थापना सम्भव छ।”

मन्त्री पाण्डेले मानव जीवनमा भौतिक र अभौतिक सन्तुलन कायम गर्दै योग साधनालाई फैलाउनु आवश्यक रहेको उल्लेख गरे । उनका अनुसार धार्मिक ज्ञान र वैज्ञानिक दृष्टिकोणको संयोजनले समुन्नत समाज निर्माणमा सहयोग पुग्छ ।


Facebook Comments