ह*त्या गरी फरार रहेका अभियुक्त २१ वर्षपछि पक्राउ


दाङ । २१ वर्षअघि पाल्पामा महिलाको हत्या गरी फरार रहेका अभियुक्त पूर्णबहादुर सार्कीलाई प्रहरीले पक्राउ गरेको छ ।
२०६१ असार १९ गते पाल्पाको पूर्वखोला गाउँपालिका गुनडाँडाकी ५५ वर्षीया चीनीसरा सार्कीको हत्या गरी भारत भागेका सोही ठाउँका ६६ वर्षीय सार्कीलाई प्रहरीले बाँकेको नेपाल–भारत सीमाबाट पक्राउ गरेको हो ।
पाल्पा प्रहरी प्रवक्ता डीएसपी सुनिल मल्लका अनुसार उनी नेपाल आउने गरेको सूचना पाएपछि पछ्याउँदै गएर हिजो अपराह्न नियन्त्रणमा लिइएको हो ।
उनलाई हाल ज्यान सम्बन्धी कसुरमा पाँच दिनको म्याद थपेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।