Ad Image

महिला फुटबलः आज नेपाल र श्रीलंका भिड्दै

User Image मेयरसाप डेस्क | ५ दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/football.jpg

काठमाडौं । एएफसी महिला एसियन कप छनोट प्रतियोगिताअन्तर्गत आज नेपाल र  श्रीलंकाबीच प्रतिस्पर्धा हुँदैछ । उज्वेकिस्तानको  तासकेन्दस्थित मिली रंगशालामा नेपाली समयानुसार साँझ ६ः१५ मा खेल हुनेछ । 

समूह ‘एफ’ मा रहेको नेपालले पहिलो खेलमा लाओसलाई ९–० गोलन्तरले पराजित गरेको छ ।  श्रीलंकाले उज्वेकिस्तानसँग १०–० को पराजय व्यहोरेको थियो । हालसम्मका प्रतियोगितामा नेपाल श्रीलंकासँग पराजित भएको छैन । अन्तरराष्ट्रिय प्रतियोगितामा नेपाल श्रीलंकासँग सातपटक खेलेको छ । 

फिफा वरियतामा नेपाल १००औँ स्थानमा छभने श्रीलंका १५९औँ स्थानमा छ । राउन्ड रोविन पद्धतिमा सञ्चालित उक्त प्रतियोगिता समूहको शीर्षस्थानमा पुग्ने टोली अर्को वर्ष अष्ट्रेलियामा हुने एसियन कपमा सहभागी हुनेछ ।