Ad Image

सवारी चालक अनुमतिपत्र सम्बन्धी सबै सेवा बन्द

User Image मेयरसाप डेस्क | ३ दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/vvvv.JPG

काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) प्रणालीमा समस्या देखिएपछि यातायात व्यवस्था विभागले सम्बन्धित सबै सेवा अस्थायी रूपमा बन्द गरेको छ ।

शुक्रबार जारी सार्वजनिक सूचनामा विभागले ईडीएल प्रणाली, अनलाइन आवेदन तथा अत्यावश्यक लाइसेन्स प्रिन्टसमेतका सबै सेवा अर्को सूचना प्रकाशित नहुन्जेलसम्म बन्द हुने जनाएको छ ।

“प्रणालीमा समस्या देखिएकाले समाधानका कामहरू भइरहेका छन्,“ सूचनामा भनिएको छ, “यसबाट सेवाग्राहीमा पर्न गएको असुविधाप्रति विभाग क्षमायाचना गर्दछ।“

सेवा पुनः सञ्चालनका लागि समय तोकिएको छैन । सेवाग्राहीले अर्को सूचना नआएसम्म सेवाबाट लाभ लिन सक्ने छैनन् ।