Ad Image

हुम्ला राष्ट्रिय सडक सञ्जालमा जोडिँदै, प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने

User Image मेयरसाप डेस्क | एक दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/KP-Oli11.jpg

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज हुम्ला जाँदै छन् । हुम्ला जोड्ने कर्णाली करिडोर अन्तर्गत खार्पुनाथ–५ स्थित चुवाखोलामा बनाइएको बेलीब्रिजको प्रधानमन्त्री ओलीले उद्घाटन गर्दैछन् । 

योसँगै देशका ७७ जिल्लामा राष्ट्रिय सडक सञ्जालमा जोडिन बाँकी हुम्ला सदरमुकाम सिमकोटलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने २६ वर्षको सपना पूरा हुने भएको छ । यो सडक सञ्चालनमा आएपछि नेपाल हिल्सा नाकाबाट छिमेकी मित्रराष्ट्र चीनसँग जोडिने छ ।

यो राजमार्ग बाँकेस्थित सीमावर्ती क्षेत्र जमुनिया नाकाबाट प्रारम्भ भएर हुम्लास्थित चीनको सीमावर्ती क्षेत्र हिल्सामा टुंगिन्छ । ४१० किलोमीटर यस सडकले कर्णालीलाई उत्तर र दक्षिण अन्तरदेशीय सडक सञ्जालमा जोड्ने छ ।

यसैबीच प्रधानमन्त्री ओलीले पुलको उद्घाटन गर्न जानुअघि आफू उत्साहित भएको बताएका छन् । उनले हुम्ला राष्ट्रिय सडक सञ्जालसँग जोडिने भएपछि एक युवाले एआईमार्फत बनाएको भिडियो सामग्री सेयर गर्दै उत्साहित भएको उल्लेख गरेका छन् ।