Ad Image

विद्या भण्डारीको राजनीतिमा प्रवेशले एमालेमा अन्तरविरोध छैन : महासेठ

User Image मेयरसाप डेस्क | एक दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/Raghubir.jpg

काठमाडौं । नेकपा एमालेका सचिव रघुवीर महासेठले पूर्वराष्ट्रपति विद्या भण्डारीको सक्रिय राजनीतिमा फर्किने सम्भावनाले पार्टीभित्र कुनै अन्तरविरोध नदेखिएको दाबी गरेका छन् ।

जनकपुरमा पत्रकारहरूसँग कुरा गर्दै महासेठले पार्टी अध्यक्ष केपी शर्मा ओलीकै सहमति र प्रस्तावमा मात्र भण्डारी राजनीतिमा फर्किने बताए । संविधान र एमालेको विधानले पूर्वराष्ट्रपतिलाई राजनीतिमा आउन रोक नलगाएकाले भण्डारीलाई फर्कन छुट रहेको उनको भनाइ छ ।

महासेठका अनुसार, केही नेताहरूले मात्रै अनावश्यक विवाद सिर्जना गर्दै भण्डारीको नाम प्रयोग गरिरहेका छन्, तर पार्टीको आधिकारिक लाइनमा कुनै द्वन्द्व छैन । उनले भण्डारीले पार्टी सदस्यता नवीकरण गरे पनि विवाद सिर्जना गर्ने उद्देश्य नराखेको स्पष्ट गरे ।