Ad Image

लागुऔषध कारोबारीलाई पक्राउ गर्न रंगेलीमा हवाइ फायर

User Image मेयरसाप डेस्क | एक दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/Morang-rangeli.jpg

काठमाडौं । मोरङको रंगेलीमा लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले दुई राउन्ड हवाइ फायर गरेको छ । प्रहरीको विशेष टोलीले गोली चलाएर तीन जनालाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेहरूमा रंगेली नगरपालिका–८ का ५५ वर्षीय किर्तानन्द ठाकुर, ३८ वर्षीय सुशिल बुढाथोकी र एक अज्ञात भारतीय महिला छन् । महिला संदिग्धको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरका इन्स्पेक्टर राकेश यादव र वरिष्ठ सई बालकृष्ण सञ्जेल नेतृत्वको टोली घटनास्थलमा खटिएको थियो । उनीहरूले ‘ब्राउन सुगर’ सहित तीन जनालाई पक्राउ गरेका हुन् ।