विद्यालय शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई ५ दिनको समय
No Author Assigned | २०८२ असार २२ गते ०२:४२
काठमाडौं । विद्यालय शिक्षा विधेयकमा सहमति जुटाउन प्रतिनिधिसभाको शिक्षा, विज्ञान तथा प्रविधि समितिले सरकारलाई ५ दिनको समय दिएको छ ।
शिक्षामन्त्री रघुजी पन्तले आइतबारको समिति बैठकमा शिक्षक महासंघसँग वार्ता जारी रहेको भन्दै थप समय मागेपछि समितिका सभापति अम्मरबहादुर थापाले ५ दिनको म्याद दिएका हुन् ।
हालै असार १६ गते पनि शिक्षामन्त्रीकै आग्रहमा बैठक स्थगित गरिएको थियो । विधेयकका केही बुँदामा अझै सहमति जुट्न नसक्दा त्यसको अन्तिम टुंगो समितिबाट लाग्न बाँकी रहेको छ ।
आइतबार पनि केही सांसदहरूले विधेयक आजै पारित गर्नुपर्ने माग गरे तापनि अन्ततः सहमतिका लागि समय दिनु उपयुक्त ठहर गर्दै सभापति थापाले भने, “५ दिनभित्र सहमति गरेर आउनू, बैठक बोलाउन मलाई एक दिनको समय चाहिन्छ।”
Facebook Comments