Ad Image

‘कुलिङ पिरियड’ प्रकरण: संसदीय छानबिन समितिको संयोजकमा जीवन परियार

User Image मेयरसाप डेस्क | ४ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/newskarkahna-news868110. (1).jpg

 

काठमाडौं।  प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले ‘कुलिङ अफ पिरियड’ प्रकरणमा अन्ततः संसदीय छानबिन समिति गठन गरिएको जानकारी गराएका छन् । सोमवारको कार्यव्यवस्था समितिको बैठकले ७ सदस्सीय छानबिन समिति बनाए पछि त्यसको जानकारी गराएका हुन् । 

उनका अनुसार नेपाली कांग्रेसका सांसद जीवन परियारको संयोजकत्वमा समिति गठन गरिएको हो । प्रतिनिधि सभा नियमावली, २०७५ को नियम (८) बमोजिम ‘संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको त्रुटि छानबिन विशेष समिति’ गठन गरिएको हो । यो समितिले २१ दिनको समय सीमा पाएको छ । 

 
छानबिन समितिमा दलीय आधारमा नेपाली कांग्रेस र नेकपा एमालेबाट २–२ जना, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट १–१ जना सदस्य रहनेछन् ।


जसअनुसार नेपाली कांग्रेसबाट जीवन परियार र सुशिला थिंग, एमालेबाट सांसद नारायणप्रसाद आचार्य र ईश्वरी घर्ती र राप्रपाबाट रोशन कार्की तथा माओवादीबाट माधव सापकोटा र रास्वपाबाट गणेश पराजुली रहेका छन् ।  

 
संघीय निजामती सेवा विधेयकमा सहमति विपरित ‘कुलिङ अफ पिरियड’ हटाएर संसदमा प्रतिवेदन पेश गरेको भन्दै राज्य व्यवस्था समितिका सभापति रामहरी खतिवडा र सचिवमाथि छानबिन गर्न माग भएपछि समिति गठन गरिएको हो ।