Ad Image

गाजामा विष्फोट: ५ इजरायली सैनिकको मृत्यु, १४ जना घाइते

User Image मेयरसाप डेस्क | ४ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/gaza.jpg

जेरुसलेम । गाजाको उत्तरतर्फको बेइत हानुन क्षेत्रमा भएको विष्फोटका कारण पाँच जना इजरायली सैनिकको मृत्यु भएको छ भने अन्य १४ जना घाइते भएका छन् ।

इजरायली सेनाले मंगलबार जारी गरेको वक्तव्यमा जनाएअनुसार कफिर ब्रिगेडको अन्तर्गत पर्ने नेत्साह यहुदा बटालियनका सैनिकहरू बारुदले जडित एक भवनलाई घेरेर सुरक्षात्मक कारबाहीमा संलग्न रहेका थिए । सोही क्रममा विष्फोटक उपकरण विस्फोट भई घटनामा मानवीय क्षति भएको हो ।

घाइतेहरूलाई उद्धार गर्ने क्रममा सेनाका सदस्यहरूलाई गोलाबारीमा समेत पर्नु परेको जनाइएको छ । त्यसपछि घाइतेहरूलाई शीघ्र अस्पताल पु¥याई उपचार गराइएको बताइएको छ ।

यसैबीच, गाजा स्वास्थ्य अधिकारीहरूले दिएको जानकारी अनुसार सन् २०२५ मार्च १८ यता पुनः सुरु भएको सैन्य अभियानमा छ हजार ९६४ भन्दा बढी प्यालेस्टिनी नागरिकहरूले ज्यान गुमाइसकेको उल्लेख छ । अक्टोबर सन् २०२३ यता कूल मृतक संख्या ५७ हजार ५२३ पुगेको बताइएको छ । यस घटनाले गाजाको सुरक्षा स्थिति अझै जटिल र संवेदनशील बन्दै गएको संकेत दिएको छ ।