Ad Image

झापामा मोटरसाइकल र स्कुटर ठोक्किँदा २ जनाको मृ*त्यु, २ घाइते

User Image मेयरसाप डेस्क | ३ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/Accident1.jpg

भद्रपुर । झापाको बाह्रदशी गाउँपालिका–१ खैरबारीस्थित भित्री सडकखण्डमा आज अपराह्न ३ः४० बजे भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।

राजगढबाट कुटीतर्फ जाँदै गरेको भारतीय नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र।१–०१–०१६ प ९२७० नम्बरको स्कुटर एक आपसमा ठोक्किएको जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए । दुर्घटनामा स्कुटर चालक र मोटरसाइकल चालक गम्भीर घाइते भइ उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर पु(याइएको थियो । उनीहरुको अस्पतालमै मृत्यु भएको जनाइएको छ ।

गम्भीर घाइते भएका स्कुटरमा सवार एक महिला र करिब सात वर्षीय बालकको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा मृत्यु हुने र गम्भीर घाइते चारैजनाको पहिचान नखुलेको प्रनाउ खड्काले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।