Ad Image

गाउँपालिकाले सूचना निकालेपछि सम्पर्कमा आए थबाङका सातै जना कर्मचारी

User Image मेयरसाप डेस्क | १३ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/thabang-gaupalika.jpg

काठमाडौं ।  रोल्पाको थबाङ गाउँपालिकाका प्रमुख कार्यकारी अधिकृतसहित सातै जना कर्मचारी सम्पर्कमा आएका छन् । तीन दिनदेखि सम्पर्कविहीन भएका उनीहरू आज बिहान सम्पर्कमा आएका हुन् । उनीहरुले नै गाउँपालिका अध्यक्ष ऋषि केशव बुढामगरलाई फोन गरेर आफूहरू गुल्मीको दुर्गम गाउँमा रहेको जानकारी दिएका हुन् ।

गाउँपालिका अध्यक्ष ऋषिकेशव बुढामगरका अनुसार नेपाल टेलिकमको नेटवर्कमा समस्या आएपछि रुकुम पूर्वमा गएर काम गर्ने भन्दै ७ जना कर्मचारीको टोली रोल्पाको थबाङबाट हिँडेको थियो । तर, बुधबार बेलुकासम्म पटकपटक सम्पर्क गर्दा पनि फोन स्वीच अफ भएपछि गाउँपालिकाले कर्मचारी हराएको सूचना निकालेको थियो ।

सम्पर्कविहीन भएका कर्मचारीहरूमा प्रमुख प्रशासकीय अधिकृत हेमराज घर्ती मगर, सहायक प्रशासन पाँचौँ तहका हरिश माझी, सह–लेखापाल यज्ञप्रसाद कँडेल, सब–इन्जिनियर चन्द्रप्रकाश ओली, निशा आचार्य, खापासटे शिवकुमार वली र सवारी चालक प्रदीप केसी रहेका छन् । थबाङ गाउँपालिका अध्यक्ष बुढामगरले बुधबार नै एक विज्ञप्ति जारी गर्दै कर्मचारी सम्पर्कविहीन भएको जानकारी गराएका थिए ।