Ad Image

रसुवामा हिमताल विस्फोट भएरै बाढी आएको प्रारम्भिक पुष्टि

User Image मेयरसाप डेस्क | १३ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/badhi_SB8HmgQRbv.jpg

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले असार २४ गते रसुवाको भोटेकोशी नदीमा आएको बाढी हिमताल विस्फोटबाटै सिर्जना भएको प्रारम्भिक अनुसन्धानबाट पुष्टि गरेको छ ।

बिहीबार बाढीबारे जानकारी गराउँदै विभागले यो प्रारम्भिक निष्कर्ष निकालेको हो । यस सम्बन्धमा चीनबाट थप स्थलगत प्रतिवेदन प्राप्त हुने अपेक्षा गरिएको र आगामी दिनमा भू–उपग्रहबाट प्राप्त हुने तस्बिरहरूले थप पुष्टि गर्न सक्ने विभागले जनाएको छ ।

विभागले घटनाबारे निरन्तर अध्ययन जारी राख्ने र आधिकारिक जानकारी अपडेट गर्दै जाने बताएको छ । चीनको लेन्दे खोला हुँदै नेपालको भोटेकोशी नदीमा आएको उक्त बाढीले ठूलो जनधनको क्षति पुर्याएको थियो ।