काठमाडौंको बौद्धमा आग*लागी हुँदा एक जनाको मृ*त्यु


काठमाडौं । काठमाडौंको बौद्ध क्षेत्रमा भएको आगलागीमा परेर एक जनाको निधन भएको छ ।
बौद्धस्थित एक घरको कोठामा आगलागी हुँदा यो घटना भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपील राज बोहराले जानकारी दिए ।
मृतकको पहिचान खुल्न सकेको छैन, तर उनी शारीरिक रूपमा अशक्त रहेको र कोठामा आगलागी भएपछि जलेर मृत्यु भएको एसपी बोहराले बताए ।
प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको र विवरण सङ्कलन भइरहेको जनाएको छ ।