एक सातामा ५२ जनामा को*रोना संक्रमण


काठमाडौं । नेपालमा गत एक साताभित्र ५२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को तथ्याङ्कअनुसार, यो संक्रमण पाँच प्रदेशमा देखिएको छ । संक्रमितमध्ये बागमती प्रदेशमा सबैभन्दा धेरै ३३ जना रहेका छन् ।
यसबाहेक, लुम्बिनी प्रदेशमा ८ जना, कोशी प्रदेशमा ८ जना, मधेस प्रदेशमा २ जना र गण्डकी प्रदेशमा १ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको ईडीसीडीले जनाएको छ ।