Ad Image

आज काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक बस्दै, बजेट पारित गर्ने तयारी

User Image मेयरसाप डेस्क | १४ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/kathmandu mahanagar.jpg

काठमाडौं । काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक आज बस्दैछ । शुक्रबार दिउँसो २ बजे बस्ने गरी कार्यपालिका बैठक तय भएको हो । 

प्रत्येक महिना हुनुपर्ने महानगरको कार्यपालिका बैठक शुक्रबार १ सय ९४ दिनपछि बस्न लागेको छ । आजको बैठकले महानगरको नीति तथा कार्यक्रम र बजेट नगर सभामा पेस गर्ने निर्णय गर्ने सम्भावना छ ।

मेयर बालेन साहको सचिवालयका अनुसार, कार्यपालिका बैठकअघि बिहान ११ बजे बजेट स्रोत समितिको बैठक बस्नेछ । त्यसपछि उपमेयर सुनिता डंगोलको नेतृत्वमा बजेट तथा कार्यक्रम तर्जुमा समितिको बैठक पनि बस्नेछ ।

कानुनी औपचारिकता पूरा भएमा आजकाे कार्यपालिका बैठकले असार मसान्तभित्रै बजेट नगर सभाबाट पारित गर्ने तयारी गरेको छ । प्रमुख प्रशासकीय अधिकृतसँगको विवादका कारण महानगरले यो वर्ष समयमा बजेट ल्याउन सकेको छैन ।