Ad Image

भारतीय कमेडियन कपिल शर्माको क्याफेमा गो*ली प्रहार

User Image मेयरसाप डेस्क | १४ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/newskarkahna-news869120..jpg

एजेन्सी । भारतीय कमेडियन कपिल शर्माको क्याफेमा गोली प्रहार भएको छ । कपिल शर्माको क्यानडास्थित हालै खोलिएको क्याफेमा गोली प्रहार भएको हो । 

यो घटनाको भिडियो पनि सामाजिक सञ्जालमा सार्वजनिक भएको छ । भिडियोमा एक व्यक्तिले राति क्याफेको झ्यालमा गोली हानेको देखिन्छ । उक्त व्यक्ति कारमा छन् र भिडियो पनि त्यहीँबाट बनाइएको हो ।

कपिलको यो क्याफे क्यानडाको सरे क्षेत्रमा छ । केही दिन अघि मात्रै यस क्याफेको ठूलो उत्साहका साथ उद्घाटन भएको थियो । घटनापछि कपिलको क्याफेमा मानिसको ठूलो भीड देखिएको थियो । गोलीबारीको भिडियो रातको हो, जहाँ एक कार सवार व्यक्तिले क्याफेको झ्यालमा गोली हानेको देखिन्छ। उक्त भिडियो सामाजिक सञ्जालमा अहिले भाइरल भइरहेको छ ।