Ad Image

एसीसी यू-१६ च्याम्पियन खेलाडीलाई नगद पुरस्कार दिने क्यानकाे घोषणा

User Image मेयरसाप डेस्क | १० घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/nepali-under-19.png

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले हालै मलेसियामा सम्पन्न एसीसी यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको उपाधि जितेको नेपाली टोलीलाई नगदसहित सम्मान गर्ने भएको छ ।

क्यानका प्रवक्ता छुम्बी लामाले दिएको जानकारी अनुसार उपाधि विजेता टोलीका प्रत्येक खेलाडी र अफिसियलहरूलाई जनही ५० हजार रुपैयाँका दरले पुरस्कार प्रदान गरिनेछ ।

गत जुन २० देखि जुलाई ५ सम्म मलेसियामा आयोजना भएको उक्त प्रतियोगिताको फाइनलमा नेपालले सिंगापुरलाई पराजित गर्दै उपाधि हात पारेको थियो ।