Ad Image

‘प्रजनन अधिकार सुरक्षित गर्दै सन्तुलित जनसंख्याका लागि नयाँ नीति’

User Image मेयरसाप डेस्क | ४ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/PradeeprajOnta_KTM_RSS_27_7R9A6869(2).jpg

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नेपालमा जनसङ्ख्या वृद्धिदर घट्दै गएको, युवा जनसङ्ख्याको लाभांश प्रयोग गर्न नसकिएको र विभिन्न जनसाङ्ख्यिकीय चुनौती देखिएको भन्दै राष्ट्रिय जनसङ्ख्या नीति–२०८२ मार्फत त्यसको समाधानको बाटो सुरु गरिएको बताएका छन् ।

विश्व जनसङ्ख्या दिवस तथा राष्ट्रिय जनसङ्ख्या नीति सार्वजनिकीकरण कार्यक्रममा बोल्दै मन्त्री पौडेलले यो नीति जनसङ्ख्याको सङ्ख्यासँग मात्र नभई जनताको चाहना, अधिकार र सामाजिक आवश्यकतासँग जोडिएको स्पष्ट पारे ।

उनले जनसाङ्ख्यिक अवस्था ऋणात्मक दिशातर्फ गइरहेकाले प्रजनन अधिकारलाई सुरक्षित गर्दै सन्तुलित जनसङ्ख्या संरचना कायम गर्न यो नीति प्रेरित गरिएको बताए । मन्त्री पौडेलले तीनै तहका सरकारमार्फत नीति कार्यान्वयन गरेर प्रभावकारी कार्यक्रम सञ्चालन गरिने विश्वास व्यक्त गरे ।

उनले जनसङ्ख्याको बनावट, वितरण र संरचनासँग जोडिएका अवसर तथा चुनौतीलाई सम्बोधन गर्न राज्यको सक्रिय भूमिका अपरिहार्य रहेको उल्लेख गर्दै नेपालको जनसङ्ख्यालाई उच्चतम सदुपयोग गर्न तथा युवा पुस्ताको सपना साकार पार्न सबैलाई एकजुट हुन आह्वान गरे ।