Ad Image

जन्मदिनको अवसरमा जबराले भने– ‘राजनीति मेरो प्राणमै छ’

User Image मेयरसाप डेस्क | ९ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/pashupati_samsher_rana_KJZh4FxrOq.jpg

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपति शमशेर जबराले आफ्नो ८४औँ जन्मदिनको अवसरमा ‘राजनीति मेरो प्राणमा नै छ’ भन्दै आफ्नो जीवनको ठूलो हिस्सा राजनीतिमै बितेको बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले आफ्नो वंश परम्परा पनि राजनीतिमा नै रहेको उल्लेख गरे । दरबारिया सुख–सयलमा हुर्किए पनि त्यसबेलाको राजनीति गर्न अत्यन्त कठिन रहेको उनले स्मरण गरे ।

‘मैले मुलुकको सम्पूर्ण क्षेत्र डुल्ने मौका पाएँ। नेपाली जनताको सुखदुःख बुझ्ने कोशिस गरेँ। मेरो जीवनको सबैभन्दा बढी उर्जाशील समय राजनीति नै हो,’ उनले भने । उनले कठिन परिस्थितिमा समेत मुलुकका लागि महत्त्वपूर्ण योगदान दिने मौका पाएको बताए ।

जबराले विभिन्न कालखण्डमा मुलुकका विभिन्न मन्त्रालयको नेतृत्व लिएर जनताको सेवा गरेको अनुभव पनि सुनाए । विशेषगरी, विसं २०३५ सालमा शिक्षामन्त्री हुँदा काठमाडौं उपत्यकाका प्राचीन मन्दिर र पुरातात्विक स्थलहरूलाई युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत गराउन आफूले महत्वपूर्ण भूमिका निर्वाह गरेको उनले बताए ।