जग्गा किर्तेमा संलग्न भएको आरोपमा धुनिवेशी ४ का वडाअध्यक्ष पक्राउ
No Author Assigned | २०८२ असार २८ गते १८:४२
धादिङ । जग्गा किर्तेमा संग्लग्न नेकपा एसबाट निर्वाचित वडाध्यक्ष पक्राउ परेका छन् । धुनिवेशी नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष हरिप्रसाद सुवेदीलाई शनिवार बिहान काठमाडौँको कलङ्कीबाट प्रहरीले पक्राउ गरेको हो ।
अध्यक्ष सुवेदीमाथि सार्वजनिक किर्ते मुद्दा लागेपछि विगत ७ महिनादेखि फरार रहेका थिए । उनले उमेर नपुगेको नाबालकलाई उमेर पुगेको देखाई झुटो जन्म दर्ता प्रमाणपत्र तयार पारिदिएको आरोप छ। उक्त नागरिकताको प्रयोग गरी जग्गा बिक्री गरेको खुलेपछि सोही अभियोगमा जिल्ला अदालत धादिङमा वडाध्यक्ष सुबेदीमाथि मुद्दा दर्ता भएको थियो ।
प्रहरीको खोजी सूचीमा रहेका सुवेदीलाई काठमाडौंमा पक्राउ गरेपछि थप अनुसन्धानका लागि धादिङ लगिएको छ । सुवेदी २०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट तथा २०७९ सालको निर्वाचनमा नेकपा एकीकृत समाजवादी पार्टीबाट निर्वाचित भई वडाध्यक्षको रूपमा कार्यरत थिए ।
Facebook Comments