विद्या भण्डारी राजनीतिमा आउनुलाई सकारात्मक रुपमा लिनुपर्छ: झलनाथ खनाल

No Author Assigned | २०८२ असार २८ गते २२:५६
Image of https://mayorsap.com/storage/photos/10/Jhalanath_Khanal.jpg

काठमाडौं। पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनालले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा आउनुलाई सकारात्मक रुपमा लिनुपर्ने बताएका छन् । 

शनिबार चीन भ्रमण सकेर स्वदेश फर्किएपछि विमानस्थलमा सञ्चारकर्मीहरूसँग बोल्दै खनालले पूर्वराष्ट्रपति भण्डारीले वामपन्थी एकताको आवश्यकता महसुस गरेर राजनीतिमा प्रवेश गरेको हो भने त्यसलाई सकारात्मक रुपमा लिनुपर्ने बताए ।

उनले अहिलेको नेपालमा सबैभन्दा ठूलो वामपन्थी समूह नेकपा एमाले रहेको बताउँदै एमालेले नै अरू सबैलाई एकताबद्ध गर्न जरुरी रहेको समेत बताएका छन् ।

खनालले भने, ‘अहिले जे खालको समस्याबाट एमालेको नेतृत्व आक्रान्त देखिन्छ, यदी विद्या भण्डारीले त्यो कुरा महशुस गरेर वामपन्थी एकता आजको आवश्यकता हो भन्ने महसुस गरेर राजनीतिमा प्रवेश गर्ने, एमालेमा प्रवेश गर्ने र म अब पहलकदमी गर्छु, एमालेको अध्यक्ष पनि बन्छु भन्नेकुरा गरेको हो भने यसलाई हामीले सकारात्मक रुपमा लिनुपर्छ।’ 

 

 


Facebook Comments