Ad Image

पाल्पाको रामपुर नगरपालिकामा ३ सय ३६ विद्यार्थीलाई ‘मेयर छात्रवृत्ति’

User Image मेयरसाप डेस्क | ३ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/rampur-nagarpalika.jpg

पाल्पा । पाल्पाको रामपुर नगरपालिकाले चालु आर्थिक वर्षमा ३३६ जना विद्यार्थीलाई छात्रवृत्ति रकम प्रदान गरेको छ । चालु आवमा ‘मेयर छात्रवृत्ति कार्यक्रम’मार्फत नगरभित्रका ५३ शैक्षिक संस्थाका ती विद्यार्थीलाई छात्रवृत्ति रकम उपलब्ध गराइएको हो ।

यहाँका दर्छा क्याम्पस र सहिद बहुमुखी क्याम्पससहित ५१ सामुदायिक विद्यालयका साधारण तथा प्राविधिक/विज्ञान सङ्कायमा अध्ययनरत विद्यार्थीलाई नगरपालिकाले छात्रवृत्ति सहयोग गरेको नगर शिक्षा अधिकृत विकल काफ्लेले जानकारी दिए । 

साधारणतर्फ ५३ शैक्षिक संस्थाका ३१३ विद्यार्थीलाई रु १० लाख ३१ हजार ८०० र उच्च प्राविधिक/विज्ञान सङ्कायका २३ विद्यार्थीलाई रु एक लाख ६७ हजार ६०० बराबर छात्रवृत्ति रकम प्रदान गरिएको उनले बताए । 

नगरप्रमुख रमणबहादुर थापाले विद्यार्थीको पठनपाठनमा सहजताताका लागि आवश्यक सहयोग गर्न ‘मेयर छात्रवृत्ति कार्यक्रम’ सञ्चालन गरिएको बताए । उनले कार्यक्रम सञ्चालनमा आएपछि असहाय, न्यून आय भएका र जेहेन्दार विद्यार्थीको पठनपाठनमा सहयोग पुगेकाले यसलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।