Ad Image

इनरुवामा दम्पती आफ्नै घरभित्र मृ*त फेला

User Image मेयरसाप डेस्क | ७ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/dead.jpg

विराटनगर । सुनसरीको इनरुवामा एक दम्पती आफ्नै घरभित्र मृत फेला परेका छन् । इनरुवा नगरपालिका–९ बबियाका ३५ वर्षीय सुकदेव शर्मा र उनकी अन्दाजी २३ वर्षीया पत्नी सवेता खातुन आइतबार बिहान मृत अवस्थामा भेटिएका हुन् ।

सुनसरी प्रहरी प्रमुख सुमनकुमार तिम्सिनाका अनुसार, सुकदेवको शव फुसको घरको धुरीमा सारीको पासो लगाएर झुन्डिएको अवस्थामा फेला परेको छ । सवेताको शव भने ओछ्यानमा सुतिरहेको अवस्थामा भेटिएको छ, र सुकदेवको शरीर अर्ध नग्न अवस्थामा थियो ।

प्रहरीले घटनालाई शंकास्पद भन्दै अनुसन्धान सुरु गरेको छ । आइतबार बिहान करिब ९ बजेतिर स्थानीयले घरभित्र दम्पतीलाई मृत देखेर प्रहरीलाई खबर गरेका थिए ।