Ad Image

काठमाडौं महानगरले ल्यायो २५ अर्बको बजेट, के–के छन् प्राथमिकता?

User Image मेयरसाप डेस्क | ८ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/sunita_ycXkYFQ2lY.jpg

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२\०८३ का लागि २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँको बजेट ल्याएको छ । नगरसभाको १७औं अधिवेशन अन्तर्गत आइतबार बसेको पहिलो बैठकमा उपमेयर सुनिता डंगोलले बजेट प्रस्तुत गरेकी हुन् ।

उक्त बजेटमा २५ अर्ब ११ करोड रुपैयाँ संचित कोषबाट र ६५ करोड रुपैयाँ अन्य बाह्य स्रोतबाट खर्च हुने व्यवस्था गरिएको छ । बजेट सार्वजनिक गर्नुअघि मेयर बालेन्द्र शाह (बालेन) ले वार्षिक नीति तथा कार्यक्रम पेश गरेका थिए ।

संविधान अनुसार स्थानीय तहले असार १० भित्र बजेट ल्याइसक्नुपर्ने प्रावधान भए पनि आन्तरिक विवादका कारण काठमाडौं महानगरमा ढिलाइ भएको हो । बजेट प्रस्तुत गर्दै उपमेयर डंगोलले समयसीमा नाघेकामा सार्वजनिक रूपमा क्षमायाचना गरेकी थिइन् ।

बजेटको प्राथमिकता
पूर्वाधार विकासमा १२ अर्ब ८० करोड (५१%), सामाजिक विकासतर्फ ५ अर्ब २ करोड (२०%), कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रमा ३ अर्ब ५१ करोड (१४%), सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा ३ अर्ब १ करोड (१२%) र आर्थिक विकासमा ७५ करोड ३४ लाख (३%) विनियोजन गरिएको छ ।