प्रचण्डले भोलि संसदमा सम्बोधन गर्ने, माओवादी सांसदलाई उपस्थित हुन निर्देशन
No Author Assigned | २०८२ असार २९ गते ०८:०७
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहाल ’प्रचण्ड’ले भोलि सोमबार (असार ३० गते) प्रतिनिधिसभालाई सम्बोधन गर्ने भएका छन् ।
प्रचण्डले सम्बोधन गर्ने दिन अनिवार्य उपस्थित हुन माओवादी केन्द्रले आफ्ना सबै सांसदहरूलाई आह्वान गरेको छ । प्रतिनिधिसभामा माओवादी केन्द्रका ३२ जना सांसद छन् ।
माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले ’भोलि असार ३० गते प्रमुख विपक्षी दल नेताको हैसियतले हाम्रो दल नेता तथा पार्टी अध्यक्ष मा. प्रचण्डज्यूले प्रतिनिधि सभामा बोल्दै हुनुहुन्छ’ भन्ने सन्देश पार्टीका सांसदहरूलाई पठाएका हुन् ।
Facebook Comments