सुनसरीमा भिनाजुले गरे गो*ली प्रहार गरी सालीको ह*त्या
No Author Assigned | २०८२ असार ३० गते ०६:४३
काठमाडौं । सुनसरीमा भिनाजुले सालीको गोली हानी हत्या गरेका छन् । गएराति २ बजे हरिनगर गाउँपालिका–६ का आजात मियाँले साली अर्चना खातुनको गोली हानी हत्या गरेका जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। गोली हान्नुको कारण भने खुल्न सकेको छैन ।
घरमा मृतक खातुन र उनकी बहिनी मात्रै बस्दै आएका प्रहरीले जनाएको छ। भारतको अररीया जिल्ला घर भएका भिनाजु राति राति मात्रै सालीहरू बस्ने गरेको कोठामा आउने गरेका प्रहरीको भनाई छ। घटनापछि उनी फरार छन्।
हत्यामा संलग्न मियाँ आपराधिक पृष्ठभूमिका व्यक्ति रहेका प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। यस अघि उनी चोरी कार्यमा संलग्न रहेको प्रहरीले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ ।
Facebook Comments