Ad Image

आज संसद्‍मा पाँच जना मन्त्रीले मौखिक प्रश्नको उत्तर दिने

User Image मेयरसाप डेस्क | ५ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/pratinidhi shava.jpg

काठमाडौं। प्रतिनिधि सभाको आजको बैठकमा पाँच जना मन्त्रीले मौखिक प्रश्नहरूको उत्तर दिने भएका छन् । 

आज दिउँसो १ बजे बस्ने बैठकमा सहरी विकास मन्त्री प्रकाशमान सिंह, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे, ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले आफ्नो मन्त्रालयसम्बन्धी मौखिक प्रश्नहरूको उत्तर दिने कार्यक्रम रहेको छ ।

त्यसैगरी आजप्रतिनिधि सभामा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले ‘राष्ट्रिय खेलकुद विकास (पहिलो संशोधन) विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्दैछन् ।

आज संसदमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम समेत रहेको छ ।