छाउगोठ भत्काउन ९ वटै पालिकालाई जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको पत्राचार
No Author Assigned | २०८२ असार ३० गते १३:०७कञ्चनपुर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जिल्ला भित्रका सबै स्थानीय तहलाई छाउगोठ भत्काउन पत्राचार गरेको छ। सोमवार कार्यालयले जिल्ला भित्रका ९ वटा पालिकालाई छाउगोठ भत्काउने अभियान सञ्चालन गर्न भन्दै पत्राचार गरेको हो ।
कृष्णपुर नगरपालिका–१ निगाली टोलमा छाउपडी बसेकी २८ वर्षीया कमला दमाईको सर्पको टोकाइबाट मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालयले यस्तो पत्राचार गरेको हो ।
पत्रमा कञ्चनपुरका ७ नगरपालिका र २ गाउँपालिकालाई सामुदायिक रूपमा जरा गाडेर बसेको यो कुप्रथा अन्त्य गर्न ‘विशेष अभियान’ सञ्चालन गर्न भनिएको छ।
पत्रमा भनिएको छ, ‘महिनावारीको समयमा छाउपडी गोठमा सुतिरहेकी महिलाको मृत्यु जस्तो दुखद घटना दोहोरिन नदिन परम्परागत रुपमा चलिरहेको कुप्रथा उन्मूलन गर्न विशेष अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता देखिएको छ।’

Facebook Comments