प्रधानमन्त्रीलाई प्रचण्डको प्रश्न–यो एक वर्षमा तपाईँले कस्को विश्वास जित्नुभयो ?


काठमाडौं। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारका गतिविधिबाट आम जनता मात्र नभई सत्तारूढ दलकै कार्यकर्ता समेत असन्तुष्ट नभएको टिप्पणी गरेका छन् । आज प्रतिनिधि समा बैठकमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीलाई यो एक वर्षमो कसलाई खुसी बनाउनुभयो ? भनेर प्रश्न समेत गरेका छन् ।
उनले गठबन्धनको औचित्यमाथि प्रश्न उठाउँदै सरकारसँग जनताको भरोसा र नैतिक धरातल अझै बाँकी छ कि छैन भन्ने गम्भीर प्रश्न उब्जिएको समेत बताए ।
’राज्यको स्रोत र साधन सीमित दलाल पुँजीपति र बिचौलियाले दोहन गरिरहेका छन्, जनतामध्ये को खुसी छ ?’ प्रचण्डले प्रधानमन्त्रीलाई प्रश्न गरे, ‘यो एक वर्षमा तपाईँले कसको विश्वास जित्नुभयो ? कुन वर्ग लाभान्वित भयो ?’
उनले पचासौँ हजार शिक्षक सडकमा उत्रिएको, राष्ट्रसेवकहरूले कार्यालय बन्दको चेतावनी दिइरहेको, चिकित्सक आन्दोलनमा उत्रिनु परेको, सहकारी र मिटर ब्याज पीडितको समस्या झन् जटिल बन्दै गएको स्मरण समेत गराए ।
उनले धितोपत्र बोर्ड, भुटानी शरणार्थी काण्ड, जग्गा घोटाला, विद्युत बक्यौता मिनाहा, भूमाफिया संरक्षण, तथा सरुवा–नियुक्तिमा हुने लाखौँका डिलहरूजस्ता घटनाहरूको उदाहरण दिँदै, सरकार नियामक संस्थामाथि समेत बिचौलियाको इशारामा काम गरिरहेको आरोप लगाए ।