मन्त्री गुप्तालाई बर्खास्त गर्न माग गर्दै एमालेकै सांसदले भने–दुनियाँले सुनेको अडियो सरकारले नसुन्नु लोकतन्त्रको अपमान हो

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई बर्खास्त गर्न एमालेकै सांसदले माग गरेका छन् । प्रतिनिधि सभाको सोमवारको बैठकमा एमालेका सांसद किरणकुमार साहले मन्त्री गुप्तालाई दर्खास्त गरी निष्पक्ष छानबिन गर्न माग गरेका हुन् ।
साहले दुनियाँले सुनेको अडियो सरकारले नसुनेर लोकतन्त्रको अपमान गरेको आरोप समेत लगाएका छन् ।
उनले भने, ‘दुनियाँले सुनेको अडियो सरकारले नसुनेको झैँ गर्नु लोकतन्त्रको अपमान हो । म यो सदनमार्फत माग गर्दछु, गुप्ता ज्युलाई बर्खास्त गरियोस् र निष्पक्ष छानबिन होस् ।’