Ad Image

मन्त्री गुप्ताको अडियो काण्डबारे प्रधानमन्त्री ओलीले देउवा र उपेन्द्र यादवसँग छलफल गर्दै

User Image मेयरसाप डेस्क | ३ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/kp-olizz.jpg

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको घुस डिलिङको अडियो काण्ड लगायतका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवसँग छलफल गर्ने भएका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज साँझ ७ बजे देउवा र यादवसँग संयुक्त बैठक गर्ने तय भएको हो ।

छलफलमा मन्त्री गुप्ताको अडियो काण्ड र उक्त अडियो काण्डसँग जोडिएका भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीबारे छलफल हुने बुझिएको छ ।

छलफलमा सरकारको एक वर्षको समीक्षा र आगामी दिनमा कसरी अगाडि बढ्ने भन्ने विषयमा समेत कुराकानी हुने बताइएको छ ।जनता समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने भनेर दिइरहेको धम्की तथा नागरिक उन्मुक्ति पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएर सङ्घीय संसद् सचिवालयमा दर्ता गराएको पत्रका बारेमा पनि छलफल हुने बताइएको छ ।